गुणस्तरीय जडीबुटी भण्डारण दिग्दर्शन-२०७६

Major Outlines:

औषधि उत्पादन गर्ने उद्योगले आयुर्वेदिक औषधि उत्पादन गर्न पैठारी गर्ने कच्चा पदार्थ को पैठारी सिफारिसको लागि बनेको कार्यविधि – २०७७

  • दिग्दर्शनको उद्देश्य-
    • क) यो दिग्दर्शनको मुख्य उद्देश्य आयुर्वेद औषधिमा प्रयोग हुने जडीबुटीहरू गुणस्तरीय रूपमा उपलब्ध हुने व्यवस्था गर्न सम्बन्धित व्यवसायीहरूको क्षमता अभिवृद्धि गरी उनीहरूलाई प्रोत्साहित एवं सहभागी गराउनु ।
    • ख) जडीबुटीसम्बन्धी व्यापार, व्यवसायमा पत्यक्षरूपले संलग्न व्यक्ति वा संस्थाले आफुले कारोवार गर्ने जडीबुटीहरूको नाम, स्वरूप र प्रयोज्याङ्ग (प्रयोग हुने भाग) राम्ररी चिन्ने तथा तिनको संग्रह एवं प्रारम्भिक प्रशोधन गर्ने समय र तरिका बारे यथार्थ जानकारी गराउनु ।
    • ग) जडीबुटी व्यवसायीहरूलाई जडीबुटीको सुरक्षित सञ्चय वा भण्डारण गर्न र उपभोक्तालाई गुणस्तरीय जडीबुटी उपलब्ध गराउनुपर्ने दायित्वबोध गर्दै त्यसमा सकारात्मक योगदान पुर्याउने अवस्था सिर्जना गर्ने ।
    • घ) जडीबुटी व्यवसायीहरूलाई दर्ता वा सूचीकृत गरी यस व्यवसायलाई व्यवस्थित एवं नियमितरूपमा सञ्चालन गराई आयुर्वेद औषधिका लागि गुणस्तरीय जडीबुटीहरू उपलब्ध हुने स्थिति निर्माण गर्ने ।
Details

पृष्ठभूमि/प्रस्तावनाः
- विश्वबजारमा जडिबुटीहरू र आयुर्वेद औषधि तथा विभिन्न खाद्यपेयऔषधिसुगन्धित पदार्थप्रसाधनका वस्तुरङरोगन आदिमा जडीबुटीजन्य हर्बल” उत्पादनहरूको महत्वलोकप्रियतामाग र उपभोग बढ्दै गएको छ । 

•नेपालमा पनिपरम्परागतरूपमा जडीबुटी एवं आयुर्वेद औषधि प्रयोग गर्नेहरूका साथै अन्य उपचारबाट थाकेपछि जडीबुटीआयुर्वेद वा जडीबुटीमा आधारित औषधिद्वारा उपचार गर्नेहरूको संख्या दिनानुदिन बढिरहेको छ ।

•औषधिमा प्रयोग गरिने जडीबुटीहरू सामान्यतः आफ्नो स्वाभाविक रूपरंगगन्धस्वाद ठीक भएकासफाम्याद ननाघेकानसडेकानविग्रेकायथाशक्य ताजा हुनुपर्छ ।

•अधिकांश जडीबुटी बिक्रेता एवं औषधि उत्पादकहरूसँग जडीबुटीको गुणस्तर परीक्षणनिर्धारणनियन्त्रणसम्बन्धी ज्ञान र सुविधा ज्यादै अपर्याप्त रहेको छ ।

•यहाँ प्रयोग वा उपभोग गरिने जडीबुटीहरूमा पर्याप्त भिन्नता पाइएकाले जडीबुटी व्यवसायीलाई जडीबुटी उपलब्ध हुने र भण्डारण गर्ने उपयुक्त ठाउँसमय, अवधि, विधि रतरिका बारे सही ज्ञान दिई सो अनुरूप गर्नु गराउनु अत्यावश्यक भएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *