औषधि उत्पादन कुशल अभ्यास (दोस्रो संशोधन) संहिता, २०८२ 

      औषधि कुशल अभ्यास संहिता, २०७२ को दफा ८० ले दिएको अधिकार प्रयोग गरी मन्त्रालयले देहायको संहिताहरु बनाएको छ। 

Major Outlines:

  • २०८२ असार महिनाका दिन यस औषधि कुशल अभ्यास संहिता, २०७२ पारित भएको छ ।
  • “आयुर्वेद औषधी” आयुर्वेदको चिकित्सा पद्धतिमा आधारित औषधि भन्ने सम्झनु पर्छ।
  • “आधुनिक बनावट” शास्त्रीय बनावट  बाहेकका अन्य आयुर्वेद औषधिको बनावट सम्झनु पर्दछ ।
  • “जडीबुटी” भन्नाले आयुर्वेद औषधि उत्पादन हेतु प्रयोग हुने वनस्पतिको पात, फल, फूल, बिज, काण्ड, बोक्रा, जरा, कन्द वा वनस्पतिको अन्य भाग सम्झनुपर्छ ।यस शब्दले वनस्पतिबाट तयार गरिएको तेल, स्वरस, चोप, तथा वनस्पतिको सग्लो वा खण्डित वा धुलो (पाउडर) लाई समेत सम्झनु पर्छ ।
  • प्रमुख महत्वपूर्ण कर्मचारीको लागि आवश्यक पर्ने योग्यता र अनुभवः आयुर्वेद औषधिको उत्पादन कार्य र गुणस्तर नियन्त्रणको सुपरीवेक्षण गर्न जिम्मेवारी पाएका देहायका कर्मचारीले देहाय बमोजिमको योग्यता तथा अनुभव हासिल गरेको हुनुपर्नेछः
  • गुणस्तर आश्वासन गर्ने प्रमुख वा आधिकारीक व्यक्तिः मान्यता प्राप्त विश्व विद्यालयबाट रस शास्त्र तथा भैषज्य कल्पना विज्ञानमा स्नातकोत्तर वा द्रव्यगुण विज्ञानमा स्नातकोत्तर गरी सम्बन्धित क्षेत्रमा एक वर्षको कार्य अनुभव वा आयुर्वेद फार्मेसीमा वा फार्मेसी विषयमा स्नातक गरी तीन वर्षको कार्य अनुभव भएको। 
    • उत्पादन प्रमुखः मान्यता प्राप्त विश्व विद्यालयबाट रस शास्त्र तथा भैषज्य कल्पना विज्ञान मा स्नातकोत्तर वा द्रव्यगुण विज्ञानमा स्नातकोत्तर गरी सम्बन्धित क्षेत्रमा एक वर्षको कार्य अनुभव वा बि. ए. एम. एस. (आयुर्वेद विषयमा स्नातक) वा आयुर्वेद फार्मेसीमा वा फार्मेसी विषयमा स्नातक गरी तीन वर्षको कार्य अनुभव प्राप्त भएको।  
  • त्पादन क्षेत्रःआधुनिक बनावटका औषधि (चक्की, क्याप्सुल, झोल, एरोसोल, मलहम, निर्मलीकृत) औषधिहरुमा उत्पादन कार्य Heating, Ventilation and Air Conditioning (HVAC) प्रणाली सहितको नियन्त्रित क्षेत्रमा गर्नु पर्नेछ।शास्त्रीय औषधिहरु मध्ये चुर्ण, रस, भस्म, पिष्टी, कूपीपक्व रसायन, अवलेह, रसक्रिया, पाक, आसव अरिष्ट,  लवण, क्षार, कज्जली, पर्पटी, तेल, घृत,  बाहेकका औषधिहरुमा उत्पादन कार्य Heating, Ventilation and Air Conditioning (HVAC) प्रणाली सहितको नियन्त्रित क्षेत्रमा गर्नु पर्नेछ।शास्त्रीय औषधिहरु मध्ये चुर्ण, रस, भस्म, पिष्टी, कूपीपक्व रसायन, अवलेह, रसक्रिया, पाक, आसव अरिष्ट,  लवण, क्षार, कज्जली, पर्पटी, तेल, घृत,  निर्माण गर्ने स्थान मुख्य उत्पादन कक्षबाट अलग राख्न सकिने तर उद्योग परिसर भित्र हुन पर्नेछ। उल्लेखित औषधीको प्राइमरी प्याकिंग १० माइक्रोनको टर्मिनल  फिल्टर सहितको AHU प्रणाली भएको, नियन्त्रित तापक्रम र आद्रतायुक्त कक्षमा गर्नुपर्ने छ।
Details

आयुर्वेद औषधि उत्पादन क्षेत्रको लागि निर्धारण गरिएको क्षेत्रमा कम्तीमा पनि देहाय बमोजिमको व्यवस्था गर्नुपर्नेछः–

  • कच्चापदार्थ प्राप्त गर्ने र भण्डारण गर्ने स्थान
  • आयातित सामाग्रीहरु संसर्ग निषेधावस्थामा राख्ने स्थान
  • शुरुवाती सामाग्रीको नापतौल, नमूना संकलन, डिस्पेन्सिङ्ग र प्रशोधनको स्थान (Weighing, Sampling, Dispensing and Processing Area)
  • उत्पादन प्रक्रिया स्थान (Production Area)
  • गुणस्तर नियन्त्रण शाखा/स्थान  (Quality Control Area)
  • गुणस्तर आश्वासन शाखा /स्थान(Quality Assurance Area)
  • तयारी आयुर्वेद औषधिको भण्डारण स्थान (Finished Goods Storage Area)

A


Leave a Reply

Your email address will not be published. Required fields are marked *