प्रस्तावना: कौमारभृत्यको मूल ग्रन्थ काश्यप संहिताको लेह अध्यायमा स्वर्ण बिन्दु प्राशनको वर्णन गरिएको छ। स्वर्ण भष्मलाई घ्यू र महमा मिसाएर लेहमा परिणत गरी थोपा अंशको रुपमा सेवन गराइने विधिलाई स्वर्ण विन्दु प्राशन भनिन्छ।बालबालिकाहरुको शारीरिक तथा मानसिक विकासका साथै रोग प्रतिरोधात्मक क्षमता बढाउन स्वर्णबिन्दु प्राशनको महत्वपूर्ण भूमिका रहेको छ।आयुर्वेदको ग्रन्थ एवं शास्त्रीय मतानुसार प्रचलनमा रहेको स्वर्ण प्राशन कार्यक्रमलाई थप व्यवस्थितरुपमा सञ्चालन गर्न वाञ्छनीय भएकाले,जनस्वास्थ्य सेवा ऐन २०७५ को दफा ६४ ले दिएको अधिकार प्रयोग गरी यो निर्देशिका तयार गरिएको छ।
Major Outlines:
- “स्वर्ण भष्म” भन्नाले नेपाल सरकारबाट मान्यता प्राप्त आयुर्वेद औषधी उद्योगमा शास्त्रीय विधिद्बारा तयार एवं विक्रि वितरणका लागि अनुमति (Certificate of Analysis & Material Safety data Sheet) प्राप्त सुवर्ण भष्म सम्झनुपर्छ।
- “स्वर्ण विन्दु” भन्नाले शास्त्रीय विधिद्बारा तयार गरिने तोकिएको मात्रामा स्वर्ण भष्म, मधु र ब्राम्ही घृतलाई विधिपूर्वक मिलाएर तयार पारिएको अर्धतरल सम्मीश्रण सम्झनुपर्छ।
- (९) स्वर्ण भष्म र औषधिय सामान आपूर्ति: नेपाल सरकारबाट ईजाजत प्राप्त उत्पादक वा आपूर्तिकर्ताबाट स्वर्ण भष्म, ब्राह्मी घृत र अन्य आवश्यक सामग्रीहरू प्राप्ति गर्ने र कोठाको तापक्रममा (सामान्यतः २५ देखि २८ डिग्रि सेन्टिग्रेड) भण्डारण गर्ने। सिधा सुर्यको प्रकाश र फ्रिजमा नराख्ने। चिसो मौसममा घ्यू/मह जम्ने हुदा यसलाई अप्रत्यक्ष तापले (Indirect heat/ Hot water bath) द्रवीय स्वरुपमा ल्याउने।
- औसत मान (Average Estimate):
- १ थोपा : ०.०५ मि.लि.
- २० थोपा : १ मि.लि.
- (१४) सेवनको आवृत्ति: ६ महिना देखि ५ वर्ष मूनिका बालबालिकालाई हरेक महिनामा एक पटक वा हरेक पुष्य नक्षत्रका दिनमा खुवाउन सकिनेछ।
- मिश्रण अनुपात: स्वर्ण प्राश तयार गर्दा देहायको अनुपातमा सम्मिश्रण तयार गर्नुपर्नेछ।
- औषधी घटक द्रव्यहरुः स्वर्ण भष्म, मह, ब्राह्मी घृत।






















